ओलीको पार्टी सडकछाप हो, धुलोमा पुग्छः माधव नेपाल

काठमाडौंः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी सडकछाप भएको टिप्पणी गरेका छन् ।

बुधबार नेकपा काठमाडौंद्वारा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओलीको पार्टी सडकछाप भएको टिप्पणी गरेका हुन् । नेपालले भने, ‘ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पुर्‍याउनुभएको छ । सुन्दैछु, २५०० पुर्‍याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पुर्‍याउने होला । उहाँको सडकछाप पार्टीमा को–को छन् हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ । त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ ।’

याे पनि पढ्नुस  भारतले राजनीतिक र कूटनीतिक समाधान नचाहे नेपालले अर्कै बाटो रोज्नुपर्छ : प्रचण्ड

उनले ओली कम्युनिस्ट पनि नभएको आरोप लगाए । नेपालले भने, ‘ओली झुटका पुलिन्दा हुन् । ओली सुध्रिने मानिस होइन । उहाँ भाँच्न जान्नुहुन्छ, झुक्न चाहनुहुन्न ।’

उनले ओली शिष्ट नभएको पनि आरोप लगाएका छन् । उनले पदमा पुगेपछि ओली निरंकुशता बढ्दै गएको पनि बताए । उनले प्रधानमन्त्री भएर ओलीले निरंकुश तरिका अपनाएको पनि आरोप लगाए । उनले नेकपा पार्टी र सूर्य चिन्ह पनि आफूहरू हुने दाबी गरे ।

याे पनि पढ्नुस  नयाँ मन्त्रीहरूको सपथ ग्रहणका लागि तयारी गर्दै राष्ट्रपति कार्यालय

 

कमेन्ट गर्नुहोस्