४० हजारले पाए ५० अर्ब पुनर्कर्जा

काठमाडौंः सरकारले प्रदान गर्ने पुनर्कर्जा हालसम्म ४० हजार ९ सय ८३ जना ऋणीले पाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको पाँच महिनाको प्रतिवेदन अनुसार पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गर्ने पुनरकर्जा २०७७ मंसिर मसान्तसम्ममा ४० हजार ९ सय ८३ ऋणीलाई ५० अर्ब ७ करोड स्वीकृत गरेको छ ।

त्यसैगरी, ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनरकर्जा १ सय ५१ व्यावसायिक फर्महरुलाई २० अर्ब ७१ करोड स्वीकृत गरेको छ । मंसिर मसान्तसम्ममा ५२ हजार ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैकले जनाएको छ । यसका लागि ८६ अर्ब ३० करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३० हजार ८०७ ऋणीलाई प्रवाह भएको ।६८ अर्ब ६९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २१ हजार २ सय ४१ ऋणीको १७ अर्ब ६१ करोड कर्जा बक्यौता रहेको छ । २०७७ मंसिर मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा २४ अर्ब ११ करोड लगानीमा रहेको छ ।

कमेन्ट गर्नुहोस्