गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं: गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गरेको आ.ब.२०७६/७७ को आय व्यय विवरण तथा उक्त आ.ब.को नाफाबाट ८.४% बोनस सेयर तथा ३.६% नगद लाभांश गरि १२% वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको हो । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८% ले वृद्धि गरी रु. ८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ %ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पुर्‍याएको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९का कारण उत्पन्न हुन गएको परिस्थितीका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराए ।

कमेन्ट गर्नुहोस्