काठमाडौं : प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन परिचालन गर्न १ हजार ५७६ सदस्यीय काठमाडौं जिल्ला संघर्ष समिति घोषणा गरेको छ ।
नेकपा प्रचण्ड पक्षले काठमाडौंं जिल्लाका केन्द्रीय कमिटी सदस्य, प्रदेश सदस्य, नगर, वडा, जनवर्गीय सङ्गठनलगायतको सहभागितामा संघर्ष समिति घोषणा गरेको हो ।
सङ्घर्ष समितिका संयोजकमा केन्द्रीय सदस्य सावित्रा भुसाललाई तोकिएको छ । संघर्ष समितिका अगुवाइमा आगामी माघ २३ गते काठमाडौंमा जनप्रदर्शन गर्ने कार्यक्रम बनाइएको छ ।