कोरोना त्रास : जापानमा गैरआवासीय विदेशीलाई आउन फेरि निषेध

टोकियो : जापानले गैरआवासीय विदेशीलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ । कोरोना महामारी थप फैलिँदै गएपछि सरकारले फेरि विदेशीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरेका हुन् ।

याे पनि पढ्नुस  जापानमा बाढी : मृतकको संख्या ५८ पुग्यो

जापानले कोरोना महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ ।

पूर्वनिर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ ।

विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।

याे पनि पढ्नुस  जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने संक्रमितको संख्या पहिलाभन्दा बढी हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्