प्रचण्ड–नेपाल र देउवा गोप्य भेटः के भयो कुराकानी ?

काठमाडौंः नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका छन् ।

याे पनि पढ्नुस  नेकपाले किन बोलायो आकस्मिक सचिवालय बैठक?

बुधबार साँझ ६ देखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका हुन् । देउवाले दाहाल–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् ।

यसअघि नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने बहुमत भए पनि अब पार्टी विभाजन भएपछि सरकार बनाउन कांग्रेसको साथ नभई हुन्न । प्रतिनिधिसभा पुनःस्थापित भए पनि देउवा दुवै पक्षको तानातानमा पर्ने निश्चितप्रायः छ । त्यसैले विवाद नेकपाको भए पनि शक्ति सन्तुलनको केन्द्रमा देउवा छन् ।

याे पनि पढ्नुस  ओलीजस्तो वेइमान मान्छे यो संसारमा अर्को छैनः नेपाल

कमेन्ट गर्नुहोस्