काठमाडौंः परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ११४३ सुचारु गरेको छ ।
परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि निःशुल्क हेल्पलाइन सुचारु गरिएको हो । हेल्पलाइन नम्बरबाट परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गरिनेछ । साथै महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्नेछ ।
सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।
११४३ ले म तिमीलाई प्रेम गर्छु भन्ने बुझाउँछ ।