टीकापुर नगरपालिकाका पूर्वमेयर सञ्ज्यालको निधन

कैलाली : टीकापुर नगरपालिकाका पूर्वनगर प्रमुख रत्नप्रसाद सञ्ज्यालको निधन भएको छ । मधुमेह तथा उच्च रक्तचापबाट पीडित ७३ वर्षीय सञ्ज्यालको बिएण्डबी अस्पताल ललितपुरमा उपचारका क्रममा बुधबार राति निधन भएको हो ।

उनी विसं २०५४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनको जन्म विसं २००४ मा कालीकोटको रास्कोट नगरपालिका–४ मा भएको थियो । टीकापुर नगरपालिका २०५३ सालमा स्थापना भएको हो ।

याे पनि पढ्नुस  कैलालीमा एकैदिन मध्यराति तीन किशोरीमाथि सामुहिक बलात्कार

नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरले महत्वपूर्ण अभिभावक गुमाएको बताए । ‘पूर्वनगर प्रमुखको निधनले यहाँको सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो असर पुगेको छ,’ उनले भने, ‘उहाँ कुशल व्यवस्थापक, कुशल राजनीतिज्ञ र शिक्षाप्रेमी हुनुहुन्थ्यो, टीकापुरलाई उहाँको अभाव सधैँ खड्किरहने छ ।’

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविमा एक दशक प्रधानाध्यापक रहेका सञ्ज्यालले शिक्षा र खेलकुदका क्षेत्रमा ठूलो योगदान पुर्‍याएको शिक्षक काशीराम ढुङ्गानाले बताए । ‘उहाँ कुशल प्रशासक, प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो,’ ढुङ्गानाले भने, ‘उहाँले देखाएको बाटो सधैँ सम्झनामा रहनेछ ।’ सञ्ज्यालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

याे पनि पढ्नुस  कैलालीमा एकैदिन मध्यराति तीन किशोरीमाथि सामुहिक बलात्कार

उनको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

कमेन्ट गर्नुहोस्