गायक प्रकाश सपुत सम्मानित

बागलुङ  : यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान-०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको हो ।

सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । सपुतलाई नगद २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान सङ्घीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरेका छन् ।

याे पनि पढ्नुस  निको भइन् बागलुङकी कोरोना संक्रमित किशोरी

बागलुङको काठेखोला गाउँपालिका-३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’, लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्रमा समेत डेब्यु गरेका छन् । आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ ।

याे पनि पढ्नुस  बाग्लुङमा कांग्रेसका उम्मेदवारको अग्रता

सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार प्रदान गरिएको छ ।

आदर्श सञ्चारका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशिको हो । उक्त सम्मान तथा निर्वतमान संघीय सांसद मनकुमारी केसी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरिन् । थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षसमेत हुन् ।

याे पनि पढ्नुस  ५ किलो चरेससहित मामा–भान्जी पक्राउ

कमेन्ट गर्नुहोस्