काठमाडौं : शुक्रबारदेखि सुरु हुने चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा गरिएको छ ।
लुम्बिनी क्रिकेट संघले आज कृष्ण कार्कीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । १८ मध्ये चार जना वैकल्पिक खेलाडी हुन् ।
वैकल्पिक खेलाडीमा विशालविक्रम केसी, तुलाराम थापा, नरेश सार्की र नितेश थापा रहेका छन् ।
नियमित सदस्यमा कप्तान कार्कीसहित सौरभ खनाल, विक्रम भुषाल, अनिल खरेल, दिपेन्द्र रावत, सन्दीप सुनार, सन्दीप रजाली, राजविर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल र अमित तामाङ रहेका छन् ।
लुम्बिनीले प्रतियोगितामा पहिलो म्याच ६ माघमा प्रदेश-२ विरुद्ध खेल्ने छ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
आर्मीले उद्धघाटन खेलमा माघ २ मा गण्डकी प्रदेशसँग टीयूमा खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । मुलपानीमा कर्णालीसँग माघ ४ मा खेल्ने छ । माघ ७ मै मुलपानीमै प्रदेश-१ सँग खेल्ने छ । माघ १२ मा एपीएफसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।