संसद विघटनविरुद्ध कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

 

काठमाडौं । नेपाली कांग्रेसले आज संसद विघटनविरुद्ध देशका ७५३ वटै स्थानीय तहमा विरोधमा प्रदर्शन गर्दैछ ।

संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।

हिजो कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन् ।

याे पनि पढ्नुस  कांग्रेसमा नयाँ नेतृत्वका लागि दौड शुरु

विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका हुन् ।

यसअघि पनि कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

याे पनि पढ्नुस  गढीमाई-२ मा कांग्रेस उम्मेद्‍वार श्रेष्ठ विजयी

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेसले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध यतिबेला देशमा आन्दोल भइरहेको छ । विभिन्न राजनीतिकद सडकमा आएका छन् ।

याे पनि पढ्नुस  विभागमा मनोनयन गरेकोप्रति काँग्रेस जिल्ला सभापतिको आपत्ति

कमेन्ट गर्नुहोस्