काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
शुक्रबार गएको भूकम्पमा करिब १०० जना घाइते भएका छन् । अझै दर्जनौँ व्यक्ति भग्नावशेषमा पुरिएको इन्डोनेसियन अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले इन्डोनेसियाको सुलावेसी टापुमा ठूलो क्षति पुगेको छ ।
इन्डोनेसियन अधिकारीहरुले रोयटर्सलाई दिएको जानकारी अनुसार करिब ३०० सय भन्दा धेरै घरहरु भत्किएका छन् ।
दुई होटल, एक अस्पताल र क्षत्रीय गर्भनरको कार्यलय भत्किएको छ ।
भत्किएका भवनभित्र केही व्यक्तिहरु पनि फसिरहेको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको इन्डोनेसियन अधिकारीहरुले बताएका छन् ।
शुक्रबार बिहान ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो ।
विनाशकारी भूकम्प र सुनामीका कारण हरेक वर्ष इन्डोनेशिया प्रभावित हुने गरेको छ ।