काठमाडौं । बलिउड अभिनेता वरुण धवन र नताशा विवाह बन्धनमा बाँधिदै छन् । यसका लागि विवाहको कार्ड बाढिसकिएको छ भने दुवै पक्षले धुमधाम तयारी गरिरहेको बताएको छ ।
धवन र उनकी प्रेमिका नताशा दलालले जनवरी २४ मा विवाह गर्न लागेका हुन्।
उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरेका छन् । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको उनीहरुले बताएका छन् ।
तीन दिन लामो सम्म हुने विवाह समारोह अलिबागमा हुँदैछ। विवाहामा करिव ४० देखि ५० जनामात्र बोलाइने भएको छ । साथै कोरोनाको त्रास भएकाले सबैलाई संक्रमणको जोखिमबाट जोगिन सुरक्षा योजना पनि दिइनेछ।
वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । यसअघि उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा चलेको थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा पनि चल्यो तर कोरोनाका कारण रद्द हुन पुग्यो ।
बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ । वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् ।