पीएम कप : प्रदेश-१ विरुद्ध एपीएफको शानदार जित, अविनाशको घातक बलिङ

काठमाडौं  : चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपीएफविरुद्ध प्रदेश-१ एक सय ३५ रनले पराजित भएको छ ।

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश-१ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र जोड्न सक्यो ।

उसका लागि मनिष थापाले १८, फिर्दोश अन्सारीले १७, दिनेश कडेँलले १६, दीपक पासवानले १३ र जोशक खड्काले अविजित १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  आर्मीले पहिलो पटक जित्यो प्रधानमन्त्री कपको उपाधि

बलिङमा अविनाश बोहराले घातक बलिङ गरे । उनले आफ्नो पहिलो म्याचमा १० ओभरमा १८ रन दिएर ५ विकेट हात पारे । अविनाशले १० मध्ये ६ ओभर मेडन फाले । त्यस्तै, बसन्त रेग्मीले २, कप्तान शरद भेषवाकर र किशोर महतोले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  पीएम कपः उपाधि भिड्न्त, आर्मीले टस जितेर ब्याटिङ गर्दै (लाइभ)

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रन बनायो ।

उसका लागि आशिफ शेखले आक्रामक ब्याटिङ गरे । उनले ३२ बलमा पाँच छक्का र छ चौकासहित ५९ रन बनाए । आशिफले २९ बलमै अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, बसन्त रेग्मीले ५० बलमा दुई छक्का र चार चौका हिर्काउँदै ४० रन बटुले । सन्दीप जोरा ३०, कप्तान शरद भेषवाकर २०, सुवास खुरेल, किशोर महतो १९/१९ र सुमित महर्जन १४ रनमा आउट भए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन छुन सकेनन् ।

याे पनि पढ्नुस  आर्मीले पहिलो पटक जित्यो प्रधानमन्त्री कपको उपाधि

बलिङमा फिर्दोश अन्सारी, हेमन्त राई, दिपेश कडेँल, सरुवान यादवले दुई/दुई जोशक खड्का र सोनु मण्डलले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्