माेदीले भेट्न समय दिएनन, न भयाे सीमा विवादबारे छलफल, स्वदेश फर्किए परराष्ट्रमन्त्री

काठमाडौं, निकै प्रचार गरिएपनि सार्थक उपलब्धि नभई परराष्ट्रमन्त्री स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्केेेेका हुन ।
नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन । दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारत आउनु अघिदेखि नै प्रयास गरेको थियो । यति मात्रै हाेइन, भारतले सीमा विवादबारे संयुक्त आयाेगकाे बैठकमा छलफल गर्न समेत अस्वीकार गरेकाे थियााेाे । आयाेगकाे बैठकमा नियमित सहयाेगका विषयबस्तुबाहेक अन्य विषयले प्रवेह पाएन ।

नेपाली पक्षले ज्ञवाली शनिबार स्वदेश फर्किनुअघिसम्म पनि मोदीसँग भेट हुने आशा गरेको थियो । त्यही आशमा ज्ञवाली अन्तिम समयसम्म आफू बसेको होटल ताजमा भारतीय पक्षबाट भेटको समय मिल्ने पर्खाइमा थिए । तर, अन्तिममा भेट नहुने निश्चित भएपछि ज्ञवाली फर्कनुपरेकाे हाे ।

कमेन्ट गर्नुहोस्