माघ ९ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने प्रचण्ड-माधव पक्षको निर्णय

काठमाडौं  : नेकपा प्रचण्ड-नेपाल पक्षले माघ ९ गते प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ ।

शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विेशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो निर्णय गरको हो ।

बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  ओली छाडेर प्रचण्ड–नेपाल समूह फर्किइन् सांसद हुसेन

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ ।

त्यस्तै, माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनलाई निर्देशन गरेको छ ।

याे पनि पढ्नुस  संवैधानिक इजलासमा कार्कीको स्थानमा सपना प्रधान मल्ल

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटी मण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्याली आयेजना गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र शसक्त ढंगले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

याे पनि पढ्नुस  जोर्ज फ्लोइड मृत्यु प्रकरणः बर्खास्त प्रहरीमाथि नयाँ अभियोग लगाइयो

माघ ९ गते उपत्यकाका विभिन्न स्थानबाट जुलुशसहित अपरान्ह १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड-माधव पक्षले देशव्यापी रूपमा विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्