नेपाली सेनाले सुरु गर्‍यो अप्रेसन महाहण्ट-७, दुई महिनामा १५ जना पक्राउ

काठमाडौं : राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणक्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारीविरुद्ध नेपाली सेनाले ‘अप्रेसन महाहण्ट-७’ सुरु गरेको छ ।

यो अप्रेसन सञ्चालन भएको दुई महिना (पुस र माघ) मा आरक्षित बन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको अभियोगमा तीन थान हतियार सहित १५ जना विभिन्न निकुन्जक्षेत्रबाट पक्राउ परेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चितवन राष्ट्रिय निकुन्जको माडीक्षेत्रबाट सालकको तस्करी गरिरहेको अवस्थामा स्थानीय केशर तामाङ, शुक्र तामाङ र पन्चलाल प्रजा पक्राउ परेका छन् ।

उनीहरुको साथबाट तीनसय ७५ ग्रामको सालक र तीनसय ग्राम सुकुटी बरामद भएको छ । अभियुक्त पन्चलाल यसअघि चितुवा चोरी शिकारीमा फरार ब्यक्ति भएको सेनाले जनाएको छ ।

याे पनि पढ्नुस  गोली हानेर सिपाहीले गरे आत्महत्या, यस्तो छ कारण

त्यस्तैं, बर्दिया राष्ट्रिय निकुन्जक्षेत्रमा संरक्षित बन्यजन्तु चित्तलको शिकार गरी मासु भाग लगाउदै गरेको अवस्थामा बर्दिया बाँसगढीबाट चारजना महिला पक्राउ परेको सेनाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मोनकला भण्डारी, जुना चन्द ठकुरी, जैसरा विक र सावित्री वली छन् । घाँस–दाउरा लिन निकुन्ज प्रवेश गरेका ती महिलाले चित्तल मारी मासु भागवण्डा गरेको आरोप सेनाको छ ।

डोल्पा शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जक्षेत्रमा कस्तुरी मृगको चोरी शिकारी अभियोगमा स्थानीय त्रिपुरा सुन्दरीका मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, सूर्य बुढा, गोकर्ण बुढा, चन्द्र केसी र लक्ष्मी चन्द शाहीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

याे पनि पढ्नुस  नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दै

उहीहरूको साथबाट तीनथान भारुवा बन्दुक, बारुदको डिब्बा, छर्रा, कस्तुरीको सिङ्ग र दाँत, चौरीको सिङ्ग बरामद भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले पक्राउ अभियुक्तहरूलाई थप कानुनी कारवाहीका लागि आरक्षण प्रशासनको जिम्मा लगाइने गरेको जानकारी दिए ।

राष्ट्रिय निकन्ज तथा बन्यजन्तु आरक्षणमा संरक्षित दुर्लभ बन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न ‘अप्रेसन महाहण्ट–७’ कारवाही अभियान सञ्चालनमा छ । यो अभियानमा सेनाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी, आरक्षण प्रशासन र स्थानीयको सहभागिता हुने गरेको छ ।

याे पनि पढ्नुस  सैनिक सेवाः १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

उहाँका अनुसार, पुस १२ गते चितवन, २३ गते बर्दिया, २७ गते र माघ १ गते शे–फोक्सुण्डोमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारी विरुद्ध सेनाले अप्रेसन सञ्चालन गरेको थियो । यो अभियान निरन्तर सञ्चालनमा रहेको छ ।

निकुन्ज आपसपासका वस्ती, विद्यालय र कलेजहरूमा आरक्षणमा संरक्षित दुर्लभ वन्यजन्तु, प्राकृतिक सम्पदा, वातावरण तथा पर्यावरण सुरक्षा र वन्यजन्तु चोरी शिकारी नियन्त्रणका सम्वन्धी जनचेतना मूलक कार्यक्रम सचालन गर्दै आएको सेनाले जनाएको छ । गोरखापत्र अनलाइनबाट

कमेन्ट गर्नुहोस्