ओलीको संविधानमाथि ‘कू’ विरुद्ध सबै सडकमा आउनुपर्छ : पूर्वसभामुख महरा

दाङ : प्रचण्ड-नेपाल समूहको नेकपा स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि कुठाराघात र ‘कू’ गरेको बताएका छन् ।

नेकपा जिल्ला कमिटिले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुखसमेत रहेका महराले संघर्ष र बलिदानीबाट प्राप्त संविधानमाथि कुठाराघात र ‘कू’ भएको बताएका हुन् ।

याे पनि पढ्नुस  थुनामा राख्ने आदेश विरुद्ध महराले दिए उच्च अदालतमा आवेदन

‘हामीले लामो समयदेखि संघर्ष गर्‍यौं । त्यहीँ संघर्षको उपलब्धि नै संविधान हो,’ महराले भने, ‘त्यो संविधानको रक्षा र बचाउ गर्नु हाम्रो कर्तव्य हो । हामी त्यहीँ अभियानका लागि आज यहाँ आइपुगेका छौं ।’

नेकपाको प्रतिवेदन र विधान नै हरेक सदस्यको टेक्ने आधार भएको भन्दै महराले अरू कसले के गर्दै छ त्यसका पछाडि नलाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

याे पनि पढ्नुस  संसद विघटनबारे के छ संविधानमा ? (पूर्णपाठसहित)

‘जसले नेपालको संविधान नै ‘कू’ गर्दै छ, उसले हाम्रो विधान र प्रतिवेदन ‘कू’ नगर्ने कुरै हुँदैन,’ महराले भने, ‘त्यस्ताका पछाडि तपाईँहरू नलाग्नुहोस र हाम्रो केन्द्रीय कमिटीले पारित गरेको विधानलाई आधार मानेर अगाडि बढ्नुहोस् ।’

नेकपाको विधान अनुसार भूमण्डलीकृत सामन्तवाद विरूद्धमा उत्पीडित राष्ट्रको स्वाधिनताका पक्षमा एक जुट भएर खडा हुनुपर्ने उनले बताए ।

याे पनि पढ्नुस  महराको स्वास्थ्य अवस्था जटिल, अस्पतालमै बयान लिने तयारी

कमेन्ट गर्नुहोस्