नेपाली पर्वतारोहीले जाडो मौसमा पहिलो पटक माउण्ट के२ आरोहण

काठमाडौंः दश नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के२ को सफल आरोहण गरेका छन् ।

जाडो मौसममा ८ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि माउण्ट के २ भने यस अघि कसैले पनि माउण्ट के२ अरोहण गर्न सकेको थिएनन् ।

सफल आरोहण टोलीमा निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहनु भएको छ । साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहनु भएको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्