रौतहटको सबै स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौंः नेपाली कांग्रेस पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाको सबै स्थानीय तहमा सरकारको बिरोधमा प्रदर्शन भएको छ । जिल्लाको गुजरा नगरपालिकाका पार्टी नगर सभापति कुमार प्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा वडा ९ सिम्रा भवानिपुरमा बिरोधसभाको आयोजना गरिएको थियो ।

बिरोधसभामा सभापति चौलागाईं ,महिबुल हक, पवनराज गिरि लगायतकाले प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिगामी कदम सच्याएर संसद पुनर्बहाली नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए ।

याे पनि पढ्नुस  रौतहटमा १० जना प्रहरी सम्मानित

त्यसैगरी जिल्ला सदरमुकाम गौर,गरुडा,चन्द्रपुर,कटहरिया,फतुवा बिजयपुर,देवाही गोनाही लगायत जिल्लाको १८ वटै स्थानीयतहमा अधिनायकवादी कम्युनिष्ट सरकारले चालेको अलोकतान्त्रिक तथा असंवैधानिक कदमको विरुद्धमा वृहत् प्रर्दशन गरिएको कांग्रेस जिल्ला सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्