काठमाडौं । अमेरिकी संसदमा केही समय अगाडि भएको ह्रिंश्रक प्रदर्शन दोहोरिने सूचना पाएपछि अमेरिकामा सेनाले उच्च सर्तकता अपनाएको छ ।
पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले देशव्यापी हिंसा मच्चाउन सक्ने आशंका भएपछि देशैभरि सेनाले उच्च सतर्कता अपनाएको हो ।
आगामी जनवरी २१ मा नव निर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण लिइरहेकोले सो को बिरोधमा ट्रम्प समर्थकहरुले हिंसा फैलाउन सक्ने सुरक्षा एजेन्सीहरुको आशंका रहेको छ ।
फेडरल ब्यूरो अफ इन्भेष्टिगेसनले देशका पचास वटै राज्यमा ट्रम्पका समर्थकहरुले हिंसा फैलाउने चेतावनी दिएको छ । वाशिङ्टन डिसीमा भने कर्फ्यूको घोषणा यसअघि नै गरिएको छ । डिसीमा रहेको नेशनल मल बन्द गरिएको छ । यसैगरी डिसीको सडकमा भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
हिंसात्मक अभिव्यक्ति दिएको भन्दै ट्विटर, फेसबुक र अन्य बिभिन्न वेभ एपहरुले राष्ट्रपति डोनाल्ट ट्रम्पका एकाउन्ट यसअघि नै बन्द गरिसकेको छ
सबै जसो राज्यहरुले पूर्व सर्तकताका लागि आवश्यक प्रबन्ध गरेका छन् । मेरिल्याण्ड, न्यू मेक्सिको र उताहमा पनि संकटकालको घोषणा गरिएको छ । यसैगरी शनिवारदेखि शपथ ग्रहणको अवधिसम्म टेक्सासले पनि संसद भवन बन्द गरेको छ ।