काठमाडौं । पर्वतारोहणको क्षेत्रमा नेपालीहरुले अर्को विश्व रेकर्ड कायम गरेका छन् ।
पर्वतारोहणको इतिहासमा हिउँदको समयमा काराकोरम श्रृंखलाको के२ हिमालमाथि विजय हासिल गरेको यो पहिलो पटक हो । टोली सदस्य निमेश दाई पुर्जाका अनुसार, उनीहरु शनिवार स्थानीय समय अनुसार साँझ ५ बजे पर्वतको शिखरमा पुगेका थिए ।
यो चिसो मौसममा दुई दर्जन पर्वतारोहीले ८ हजार ६ सय ११ मिटर अग्लो शिखरमा जान खोजेका थिए । तर गत साता नै स्पेनका पर्वतारोहीको भने चिप्लेर मृत्यु भएको थियो ।
संसारकै दोश्रो ठूलो केटु पर्वत एभरेष्ट भन्दा २ सय मिटर होचो छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । यो पाकिस्तान र चीनको सीमामा फैलिएको छ । ८ हजार भन्दा बढी उचाई भएका पर्वतहरुमध्ये यो पर्वतमा आरोहण गर्न आरोहीहरुले निकै कोशीस गर्दै आएका छन् ।
लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिदै आएको छ । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा यो पर्वतमा चढ्ने कोशिस गरेका थिए । उनले भनेका थिए– यो खतरनाक पहाड छ र यसमा चढनु मृत्युलाई आमन्त्रण दिएजस्तै हो ।
शुरुमा नेपाली पर्वतारोहीको तीनचार टीमले यसमा विजय हासिल गर्न खोजेका थिए । यसमा करिब ६० जना थिए । तर अन्तमा १० नेपालीहरुको एउटा टिम बनेको थियो । र, यो टीमले यो ऐतिहासिक उपलब्धि नेपालको नाम गर्न सफल भयो ।
सफलतापछि निर्मललेभ ने, “मानव जातिको इतिहासको हिस्सा हुन पाउँदा हामी गर्वान्वित भएका छौ । सकारात्मक मानसिकताले जस्तोसुकै कठिनाईको सीमा पनि पार गर्न सकिन्छ । हामीले खोजेको पाउन सकिन्छ भन्ने पुष्टि भएको छ ।”
सेभेन समिट ट्रेकले यो आरोहण सफल भएको पुष्टि गरेको छ ।