अमेरिकामा सनसनीः ५ सय गोली र शपथ ग्रहणको नक्कली पास बोकेको व्यक्ति संसद भवन नजिकै गिरफ्तार

काठमाडौं । अमेरिकी संसद नजिक एकजना व्यक्ति गोलीसहित पक्राउ परेपछि सनसनी मच्चिएको छ ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको पूर्व सन्ध्यामा अमेरिकी संसद केपिटल हिल नजिकै प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेका व्यक्तिसँग ५ सय गोली र शपथ ग्रहण समारोहको नक्कली पास समेत रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  कडा टक्करसँगै अमेरिकामा चर्कियो तनाव, ६० गिरफ्तार

आरोपी व्यक्ति वेस्ले ए बिलरले बन्दुक भने ट्रकमा लुकाएर राखेको थियो ।

पक्राउ परेपछि ३१ वर्षीय बिलरले सेक्योरिटी गार्डका रुपमा काम गर्ने बेला हतारमा कार्यालय जाँदा बिर्सेर गोली र बन्दुक आफूसँगै राखेको बयान दिएका छन् ।

जाँच एजेन्सीहरुले बिलरको सम्बन्ध कुनैपनि अतिवादी गुटसँग भने नरहेको बताएको छ । उनीमाथि बिना लाइसेन्स हतियार राखेको आरोप लगाइएको छ । उनीसँग ९ एमएम हेण्डगनको गोली रहेको बताइएको छ ।

याे पनि पढ्नुस  आफ्नै पार्टीमा एक्लिए ट्रम्प, निर्वाचन परिणाम स्वीकार्ने विषयमा गम्भीर मतभेद

अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण आगामी २० जनवरीमा हुन गइरहेको छ ।

हिंश्रक प्रदर्शन हुने आशंकामा अमेरिकाका सबै ५० वटै राज्यमा कडा सुरक्षा सतर्कता अपनाइएको छ ।

वाशिङ्टन डिसीलगायतका कैयन शहरमा संकटकालको घोषणा समेत गरिएको छ ।

याे पनि पढ्नुस  ट्रम्पद्वारा सम्बोधन, बाइडेनले ठगी र धाँधली गरेको आरोप, वैध भोटले जितेको दावी, मतगणना रोक्न माग, तत्काल परिणाम घोषणा नहुने (अपडेट)

कमेन्ट गर्नुहोस्