प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमानः नेपाल

बर्दियाः नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको बताएका छन् ।

बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको स्वार्थमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहयोगी भएको आरोप लगाए ।

याे पनि पढ्नुस  नेकपाको केन्द्रीय कमिटिको बैठक शुरू, यी हुन् बैठकका सात एजेण्डा

नेपालमा पटक पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्