फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना पक्राउ

काठमाडौंः फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोज्ने ३ जना पक्राउ परेका छन् ।

आइतबार साँझ काठमाडौंको बागबजारस्थित मोडल हस्पिटलबाट दोलखाका १९ वर्षका प्रदिप कार्की र सुरज भण्डारी साथै २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुले फोन र म्यासेजमार्फत काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरुलाई रकम माग्ने गरेको र नदिए ज्यान मार्ने धम्की समेत दिने गरेका महानगरी अपराध महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  गोंगबु हत्या प्रकरणः यस्तो छ नालीबेली !

धम्क्याउँदै रकम असुली गर्न खोज्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा महाशाखाले परिचालन गरेको प्रहरी टोलीले उक्त गिरोह पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका ५ वटा मोबाइल र सिम बरामद गरेको छ ।

थप अनुसन्धानका लागि अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

याे पनि पढ्नुस  पूर्व डीआईजी भट्टसहित ३५ जना पक्राउ

कमेन्ट गर्नुहोस्