‘प्रधानमन्त्री र राष्ट्रपतिको षड्यन्त्रले संविधान घाइते भयो’

 

काठमाडौं : नेकपाका अध्यद्वय प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर गरेको षड्यन्त्रमूलक प्रहारले संविधान घाइते भएको बताएका छन् ।

आज एक संयुक्त अपील जारी गर्दै प्रचण्ड-नेपालले प्रधानमन्त्री र राष्ट्रपतिका कारण संविधान अस्पतालको ओछ्यानमा अचेत भएर लडिरहेको घाइतेको जस्तो अवस्थामा पुगेको बताएका हुन् ।

‘अहिले दुर्घटनामा परेर अस्पतालको ओछ्यानमा अचेत भएर लडिरहेको घाइतेको जस्तो अवस्थामा संविधान पुगेको छ । संविधानको कार्यान्वयन र रक्षा गर्नुपर्ने प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर गरेको षड्यन्त्रमूलक प्रहारले संविधान घाइते भएको छ,’ अपीलमा उल्लेख गरिएको छ, ‘घाइते भएको संविधानलाई सहज ढंगबाट पुनः स्वस्थ र सुचारु पार्ने अभिभारा यतिबेला सर्वोच्च अदालतको काँधमा आइपरेको छ । हामी संविधान मान्छौं, लोकतन्त्र मान्छौं । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता लगायत सम्पूर्ण नागरिक अधिकार जनताले निर्वाध रूपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौं ।’

याे पनि पढ्नुस  संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना गर्नैपर्छ : देव गुरुङ

प्रचण्ड-नेपालले प्रधानमन्त्री ओलीले खुलेआम सर्वोच्च अदालतलाई दबाब दिने र धम्क्याउने काम गरिरहेका समेत आरोप लगाएका छन् ।

सर्वोच्च अदालतमाथि हाम्रो विश्वास छ तथापि वर्तमान अवस्थामा जे-जस्ता परिदृश्यहरु देखापरेका छन्, त्यसले अदालत र हामी सबै सजग रहनुपर्ने अवथा उत्पन्न गराएको छ । स्वयम् प्रधानमन्त्री, उनका मन्त्री र वरपरका मान्छेहरुले सर्वोच्च अदालतले चुनाव छेक्दैन भन्दै सार्वजनिक रुपमै भाषण गरेर हिँडिरहेका छन्,’ अध्यक्षद्वय प्रचण्ड र नेपालले अपीलमा भनेका छन्, ‘सर्वोच्च अदालतलाई दबाब दिने र धम्क्याउने काम खुलेआम प्रधानमन्त्रीबाट भइरहेको छ । संविधान पल्टाएर त्यसका प्रावधानहरु जसले जतिपटक पढे पनि अहिले जसरी प्रतिनिधिसभा विघटनको निर्णय गरियो, त्यसरी निर्णय गर्ने कुनै आधार संविधानमा छैन ।’

प्रतिगमनका विरुद्ध मैदान उत्रिन प्रचण्ड-माधवको अपील (पूर्णपाठ)

कमेन्ट गर्नुहोस्