काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये सक्रिय संक्रमित संख्या ३ हजार ७६४ छ ।
मंगलबार ४४१ संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९६९ पुगेको छ ।