काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा.सबिन भण्डारीमाथि कुटपिट भएको छ ।
चिकित्सकको लापरबाहीले बुटवलका ६१ वर्षीय संक्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तले ड्युटीमा खटिएका भण्डारीमाथि कुटपिट गरेका हुन् ।
नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा सुमन दाहालका इन्फ्लुएन्जाको देखिएपछि ती बुटवलका बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो । बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएको थियो । इन्फ्लुएन्जाको परीक्षणसँगै कोरोनाको पनि परीक्षण भएको थियो ।
इन्फ्लुएन्जाको रिपोर्ट नेगेटिभ आए पनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ती बिरामीलाई कोभिड आइसियुमा सारिएको थियो । कोभिड आइसियुमा उपचार हुने क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले डा. भण्डारीमाथि कुटपिट गरेको दाहालले बताए ।
अहिले मृतकको शव अस्पतालमै राखिएको छ ।
कुटपिटमा संलग्न रहेको अभियोगमा ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले बताए ।