रुकुम पश्चिमः आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ ।
सोमबार बेलुकीदेखि शुरू भएको झडपमा ९ राउन्ड हवाई फायर र १ राउन्ड अश्रु ग्यास प्रहार गरिए पनि अझै स्थिति नियन्त्रणबाहिर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । उनले स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको बताए ।
सोमबार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि विवाद समाधान गरिएको थियो । तर, मंगलबार बिहानैदेखि पुनःझडप शुरू भएको थियो ।
पुरानै राजनीतिक रिसइबीको कारण झडप भएको प्रहरीले बताएको छ । फाइल फोटो ।