पोखरा : प्रहरीले एक छात्रालाई होटेलमा पुर्याएर परीक्षा गराउने तीन जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका-१८ घर भएका ४८ वर्षीय सुर्य तिवारी, रूपा गाउँपालिका घर भएका ४१ वर्षीय धनश्याम रेग्मी र ४० वर्षीय शिरिषकुमार बस्ताकोटीलाई पक्राउ गरेको हो ।
राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकले सोही बिद्यालयकी एक छात्रालाई कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रूपमा परीक्षा लिएको जानकारी पाएपछि नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।