सिन्धुलीमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु

सिन्धुलीः सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका-४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका-११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

याे पनि पढ्नुस  सामान्य विवादमा श्रीमतीलाई माछा तारिरहेको तेलमा डुबाएपछि...

दुर्घटनामा दुधौली नगरपालिका-४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका-३ कालापानी बस्ने ५३ वर्षीय पृथ्वीनारायण श्रेष्ठ, दुधौली-६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका-१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए ।

याे पनि पढ्नुस  माइक्रोबस दुर्घटनाः १० जना घाइते, चालकको मृत्यु

घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । घाइते उपचारपश्चात फर्किएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए । दुधौली नगरपालिका-४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  सिन्धुलीमा गोली हानी श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार

कमेन्ट गर्नुहोस्