हाम्रो संघर्ष पद र प्रतिष्ठाको होइन, विचार र पद्दतिको होः प्रचण्ड–नेपाल

फाइल फोटो ।

काठमाडौंः प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरू संघर्ष पद र प्रतिष्ठाको नभई विचार र पद्दतिको भएको बताएका छन् ।

बुधबार बिहान काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्ड–नेपालले सो कुरा बताएका हुन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पश्चताप गर्न भन्दा पनि पार्टी नै विभाजन गर्न उद्दत भएको आरोपे लगाए । त्यसकारण्ण तत्काल ओलीसँग एकताको कुनै सम्भावना नरहेको उनले बताए ।

यहाँसम्म राजनीतिक परिस्थिति कसरी आइपुग्यो र अबको रणनीति के हुन्छ भन्ने विषयमा आफ्नो पार्टीले श्वेतपत्र नै जारी गर्ने तयारी गरिरहेको प्रचण्डले जानकारी दिए ।

याे पनि पढ्नुस  नेकपाको प्रवास संगठन मलेशियामा एकताको तयारी तीब्र, संयोजकमा तिवारीको चर्चा

‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिए । प्रचण्डले भने, ‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो । त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको हो ।’

प्रचण्डले ओलीलाई बेलैमा सहमति पालना गराउन र विधि पद्धतिमा हिँडाउन नसक्नु आफूहरुको कमजोरी भएको भन्दै त्यसप्रति आत्मआलोचना गरे ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

प्रचण्डले अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना हुन्छ या हुँदैन भन्ने बहसमा जान नचाहेको बताए । उनले भने, ‘संविधान र लोकतान्त्रिक प्रक्रिया मिचिएको छ, हामी यो बहसलाई अदालतले के गर्ला भन्नेतिर लैजान चाहन्नौं । हामी चुनाव विरोधी हैनौं तर, अहिलेको प्राथमिकता चुनाव होइन, डिरेल भएको संविधान र लोकतान्त्रिक प्रक्रिया सच्याउने हो ।

उक्त समूहका अर्का अध्यक्ष नेपालले ओलीले आफू र प्रचण्डलाई जेल हाल्ने षडयन्त्र गरेको आरोप लगाए ।

नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताए । आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’

याे पनि पढ्नुस  सकियो नेकपा सचिवालय बैठक, के भयो निर्णय ?

नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताए । नेपालले भने, ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’

नेपालले आफूहरुको बारे पार्टीभित्र र बाहिर विभिन्न भ्रम फैलाइएको भन्दै ती सही नभएको बताए ।

कमेन्ट गर्नुहोस्