काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जान उपयुक्त हुने अभिव्यक्ति दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले उक्त अभिव्यक्ति दिएका हुन् । उनले विगत १४ वर्षको राजनीतिक अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको अवस्थामा ताजा जनादेश उपयुक्त हुने अभव्यिक्त सार्वजनिक गरेका हुन् ।
उनले प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो, संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक रहेको टिप्पणी गरेका छन् ।