संसद् विघटनविरूद्व प्रचण्ड–नेपाल समूहको बृहत मोटरसाइकल र्‍याली शुरू

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघट्नविरुद्ध मंगलबार बृहत मोटर साइकल र्‍याली आयोजना गरेको छ ।

संसद विघट्नलाई प्रतिगमन बताउँदै आएको उक्त समूहले चरणबद्ध आन्दोलनअन्तर्गत आज मोटरसाइकल र्‍याली आयोजना गरेको हो ।

मोटरसाइकल र्‍याली भृकुटीमण्डबाट शुरु भएको छ । प्रदर्शनी मार्ग जम्मा भएर पुतली सड़क, वागवजार, रत्नपार्क, भद्रकाली, सहिदगेट, त्रिपुरेस्वर थापथाली, पुलचोक, जाउलाखेल, लगनखेल, सातदोवाटो, कोटेश्वरहुँदै तिनकुनेमा समापन हुनेछ ।

याे पनि पढ्नुस  के हाे प्रधानमन्त्री लोकप्रिय बन्ने एक्लो उपाय ?

आजको मोटरसाइकल र्‍यालीपछि माघ ९ गते १२ बजे रत्नपार्कबाट बृहत जनप्रदर्शन गरिनेछ ।

कमेन्ट गर्नुहोस्