भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोलिदेखि नै आउने

काठमाडौंः भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ ।

बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिएको जानकारी दिए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई कोरोना खोप दिइने उनले जानकारी दिए ।

याे पनि पढ्नुस  बचेको कोरोनाविरुद्ध खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइने

खोप अनुदान सहयोग गरेकोमा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद व्यक्त गरे । ‘फागुनमा खोप ल्याउने घोषणा मैले गरेको थिएँ,’ उनले भने, ‘तर पहिलो खेपको खोप भोलि नै नेपाल आउने भएको छ ।’

मन्त्री त्रिपाठीले कानुनी, आर्थिक जटिलता हल गर्न सके बाँकी खोप पनि छिट्टै ल्याउने सकिने बताए । उनले खोप आयातमा पारदर्शीता अपनाउने प्रतिबद्धता जनाए । खोप वितरण गर्न सरकारले सबै तयारी पूरा गरिसकेको मन्त्री त्रिपाठीले बताए ।

याे पनि पढ्नुस  भारतमा फेरि कोरोनाको नयाँ रेकर्ड

भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ ।

कमेन्ट गर्नुहोस्