प्रदेश १ अधिवेशनः प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेपछि अधिवेशन स्थगित गर्ने सहमति

विराटनगरः प्रदेश १ को प्रदेश सभा अधिवेशन शान्तिपूर्ण रुपमा संचालन गर्ने सहमति भएको छ ।

आज दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा अधिवेशनको कार्यसूचीमा प्रदेश प्रमुखबाट प्राप्त पत्र मात्र पढेर बैठक स्थगित गर्ने सहमति भएपछि शान्तिपूर्ण रुपमा अधिवेशन संचालन हुने भएको हो ।

याे पनि पढ्नुस  प्रदेश-१ मा आज ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

नेकपा भित्रको विवादका कारण प्रदेश सभा बैठक संचालनमा अन्यौल उत्पन्न भइरहेको अवस्थामा कार्यसूचीमा सहमति गरिएको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र नेकपाका दुई समूहले एक अर्कालाई निलम्बन गरेको कारण प्रदेश सभा बैठक संचालनमा अन्यौल उत्पन्न भएको थियो ।

याे पनि पढ्नुस  प्रदेश-१ मा थप ४ जनाको मृत्यु, कर्णालीमा ९ संक्रमित थपिए

प्रदेश सभा अधिवेशनको शुभारम्भमा प्रत्येक दलका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यक्रम पनि स्थगित गरिएको छ ।

कमेन्ट गर्नुहोस्