सीता महरा मेमोरियल फाउण्डेशन स्थापना

घोराही : पूर्वभासमुख कृष्णबहादुर महरा पत्नी दिवंगत सीता महराको स्मृतिमा सीता महरा मेमोरियल फाउन्डेसन स्थापना गरिएको छ ।

दिवंगत महराको स्मृतिमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले फाउण्डेसन स्थापना गरिउको हो । फाउण्डेसनको अध्यक्षमा तेजकुमारी महरा केसी, उपाध्यक्ष निर्मल महरा ‘एटम’, महासचिव केशरमान बुढाथोकी, कोषाध्यक्ष रेशम महरा, सदस्यमा कुश्मा महरा, ओविलाल महरा र प्रमोद शर्मा रहेका छन् ।

साथै, फाउण्डेसनको पहिलो बैठकले संरक्षक तथा सल्लाहकार चयन गरेको छ । फाउण्डेसनको संरक्षकमा पूर्वसभामुख कृष्णबहादुर महरा रहेका छन् । त्यस्तै, कानुनी सल्लाहकारमा अधिवक्ता प्रेमबहादुर वली, सल्लाहकारमा जुना महरा र लालबहादुर महरा रहेका छन् ।

फाउण्डेसनले दिवंगत सीता महराको निधन भएको ६ महिनामा दाङ, रोल्पालगायतका विभिन्न स्थानमा स्मृतिसभा गर्ने निर्णय गरेको छ । त्यस्तै, दिवंगत महराको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णयसमेत रहेको छ ।

दाङ घोराही–१७ मा केन्द्रीय कार्यालय रहेको फाउण्डेसनले रोल्पा तथा आवश्यकताअनुसार देशभरी शाखा विस्तार गरी सामाजिक कार्य गर्नेछ ।

कमेन्ट गर्नुहोस्