एजेन्सीः अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् ।
निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका छन् । विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।