आईपीएल : कुन टिमबाट कति खेलाडी रिलिज? (नामसहित)

काठमाडौं, ७ माघ : इण्डियन प्रिमियर लिग (आईपीएल) को आसन्न सिजनको अक्सनअघि सबै फ्रेन्चाइज टिमले बुधबार खेलाडी फुकुवा (रिलिज) गरेका छन् ।

सबैभन्दा बढी खेलाडी रिलिज गर्ने टिममा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) छ । उसले १० खेलाडी रिलिज गरेको छ । आईपीएल २०२१ को अक्सन आउँदो फेब्रुअरीमा हुँदैछ ।

कुन टिमबाट को-को रिलिज?

दिल्ली क्यापिटल्स (६) : सन्दीप लामिछाने, जेयन रोय, एलेक्स क्यारी, तुषार देशपाण्डे, किमो पउल, मोहित शर्मा ।

याे पनि पढ्नुस  आईपीएलमा रोहित शर्माको ५ हजार रन पूरा

सनराइजर्स हैदराबाद (५) : फाबियन आलेन, बेलि स्टानलेक, सञ्जय यादव, भावन्का सन्दीप र पृथ्वी राज रहेका छन्

मुम्बई इण्डियन्स (७) : लसिथ मलिंगा, शेरफन रदरफोर्ड, मिचेल म्याग्लेनघन, जेम्स प्याटिन्सन, नाथनकुल्टर नाइल, प्रिसबलन्त राय र दिगविजय देशमुख ।

रोयल च्यालेन्जर्स बैंग्लोर (१०) : क्रिस मोरिस, मोइन अली, शिवम् दुबे, पवन नेगी, आरोन फिन्च, इशरु उडाना, उमेश यादव, गुरकितमान सिंह, डेल स्टेन र पार्थिव पटेल ।

याे पनि पढ्नुस  पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, आज पनि सन्दीपले पाएनन् मौका

किंग्स इलावेन पञ्जाब (९) : ग्लेन म्याक्सेवल, सेल्डेन कोट्रेल, मुजीबउर रहमान, जिमी नीशम, हार्दुस भिल्जोइन, कृष्णप्पा गौतम, तजिन्दर सिंह, करुण नायर र जगदीश सूचित ।

चेन्नई सुपर किंग्स (६) : मुरली विजय, पियूष चावला, केदार जाधव, हरभजन सिंह, मोनुकुमार सिंह र शेन वाट्सन ।

याे पनि पढ्नुस  आईपीएल : केकेआरद्वारा पञ्जाबलाई १६५ रनको लक्ष्य

कोलकाता नाइट राइडर्स (६) : निखिल नाइक, ह्यारी गर्नी, टम ब्यान्टन, क्रिस ग्रीन, सिद्धेश लाड र एम सिद्धार्थ ।

राजस्थान रोयल्स (८) : स्टिभ स्मिथ, अंकित राजपूत, ओशन थोमस, आकाश सिंह, वरुण आरोन, टम कुरान, अनिरुद्ध जोशी र शशांक सिंह ।

कमेन्ट गर्नुहोस्