ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउँछौंः नेपाल

सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका हुन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित, ओलीले छुट्टै प्रस्ताव पेस गर्ने

काम चलाउ सरकारका प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओली पूर्व एमाले र एकिकरणपछि बनेको नेकपामा घाँडो भएको भन्दै उनले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने बताए ।

तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर ओलीसँग स्पष्टिकरण मागिएको तर, ओलीले जवाफ दिने आँट नगरेको नेपालले बताए । नेपालले आजै चिठी लेखेर ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने बताए ।

याे पनि पढ्नुस  बैतडीमा चितुवा आतंकः तत्काल टोली पठाउने वन मन्त्रीको प्रतिवद्धता

कमेन्ट गर्नुहोस्