प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रवार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको अर्को सुनुवाइ शुक्रवार हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदक तर्फका कानुन व्यवसायीको बहस जारी रहेकाले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राख्दै अर्को सुनवाइ शुक्रवार हुने बताइएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, रिट निवेदक समृद्ध खरेललगायतले संविधानको मनसाय विपरीत प्रधानमन्त्रीले अन्य मुलुकको संसदीय अभ्यासलाई देखाएर प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताए ।

याे पनि पढ्नुस  पैदल यात्रुलाई घर पठाउन सर्वोच्चको आदेश

बहसमा कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय राजपत्रमा सूचना प्रकाशित नभएको विषय उठाएपछि इजलासले सरकारी पक्षसँग राजपत्रको सूचना समेत मगाएको छ ।

संवैधानिक इजलासमा भइरहेको आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।

याे पनि पढ्नुस  एनसेलले तिर्‍यो ४ अर्ब ५० करोड पूँजीगत लाभकर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ गरिरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाइ भइरहेको छ ।

याे पनि पढ्नुस  सर्वोच्च अदालतद्वारा जग्गाको कित्ताकाट रोक

च्भबम mयचभ बतः जततउःररचबमष्यलभउब.िनयख.लउरयमिकष्तभरलभधक(मभतबष्किरघठढज्ञद्धरद्दण्द्दज्ञ(ण्ज्ञ(द्दज्ञ
ँयिियध गकः २चबमष्यलभउब ियल त्धष्ततभच ्र २चबमष्यलभउब ियल ँबअभदययप

कमेन्ट गर्नुहोस्