प्रधानमन्त्री मोदीसहित मुख्यमन्त्रीहरूले दोस्रो चरणमा कोरोना खोप लगाउने

नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीले दोस्रो चरणमा कोभिड-१९ विरुद्धको खोप लगाउने भएका छन् ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ ।

याे पनि पढ्नुस  कोरोना नियन्त्रण कोषमा धोनीले १ लाख दिएपछि व्यापक आलोचना, अरु कसले कति दिए ? (सूचीसहित)

सरकारी अधिकारीका अनुसार आगामी मार्च वा अप्रिलमा सुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदलाई पनि खोप दिने तयारी छ ।

कमेन्ट गर्नुहोस्