न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद् विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।

पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरका आधारमा न्यायोचित फैसला गर्ने उल्लेख गरे । संसद विघटनलाई ओली समूहबाहेक सबै राजनीति दल, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानूनविद, नागरिक अगुवा, सामाजिक अभियन्ता र सार्वजनिक सञ्चार माध्यम सबैले असंवैधानिक भनेकाले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको उनको भनाइ थियो ।

याे पनि पढ्नुस  अराजकताबादी र नोकरशाही प्रवृतिले पार्टीमा खतराः खनाल

प्रधानमन्त्री केपी ओली र उनको समूहका मानिसहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिंडेको भन्दै त्यसमा सचेत रहन अदालतलाई आग्रह गरे । यदि चर्चा गरिएजस्तै सेटिङ भएको भए त्यसको प्रतिवाद गरिने चेतावनी उनले दिए । ‘हामीलाई विश्सास छ, संविधानको अक्षर र भावनाअनुसार फैसला आउनेछ । हामी सर्वोच्चको फैसलालाई सम्मान गर्छौ र स्वीकार पनि गर्छौ’, गृहजिल्ला रोल्पाको सुलीचौरमा संसद विघटनविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै पुनले भने, ‘तर, केपी ओली र त्यो प्रवृत्तिका मान्छेले सेटिङका कुरा गरेका छन् । सेटिङ जहिले पनि अलोकतान्त्रि, षड्यन्त्रकारी र जनविरोधी होन्छ, त्यस्ता सेटिङको हामी सडकमा भण्डाफोर गर्छौं । आमजनता उतारेर प्रतिवाद गर्छौं ।’

याे पनि पढ्नुस  नेकपा आचारसंहिताः ‘तँ’ नभन्नु, जन्मदिन, ब्रतबन्ध र पासनीलाई सीमित गर्नू’ (पूर्णपाठसहित)

उनले सर्वोच्च र न्यायमुर्तिहरु सेटिङमा चल्न नहुने जनअदालतको भावना रहेको उल्लेख गरे । संविधान निर्माण गर्दा कार्यपालिका, न्यापालिका र व्यवस्थापिकाको आ–आफ्नै कार्यक्षेत्र र स्वतन्त्रताको ग्यारेण्टी गरिएको भन्दै कार्यकारीले न्यायालयको क्षेत्राधिकारमा हस्तक्षेप गरे न्याय मर्ने बताए । सरकारसँग आफूले भनेको नमान्नेलाई ठीक पार्न सेना प्रहरी हुने भए पनि अदालतसँग विश्वास मात्र हुने पुनको भनाइ थियो ।

याे पनि पढ्नुस  नेकपाको एकता बलियो भयो भने ५० बर्षसम्म निर्वाचनमा विजयी हुन्छौंः मन्त्री भट्टराई

‘सरकारले आफूले भनेको नमान्नेलाई बल प्रष्योग गरेर दबाउन सेना । प्रहरीको प्रयोग गर्न सक्छ’, उनले भने, ‘अलदालसँग न सेना हुन्छ, न प्रहरी । केबल विश्वास हुन्छ । हामी चाहन्छौं न्यायालयमाथिको विश्वास नमरोस् ।’

कमेन्ट गर्नुहोस्