मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेवुल

काठमाडौं । माघ ७ गते सुरु भएको बागमती प्रदेशको प्रदेशसभा बैठक छोटो समय बसेर स्थगित भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवुल गरिएपछि माघ १९ गतेसम्मका लागि अधिवेशन स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराए ।

याे पनि पढ्नुस  बागमती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

माघ १९ गते दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलमाथि अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

 

 

कमेन्ट गर्नुहोस्