केपी ओली भगौडा विश्वासघाती हुन्, पार्टीबाटै निष्काशन गरिसक्यौंः झलनाथ खनाल

काठमाडौं । नेकपा वरिष्ठ नेता झलनाथ खनालले केपी ओली नेपाल कम्युनिस्ट आन्दोलनका विश्वासघाती रहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा ( ओलीले कम्युनिष्ट आन्दोलनसँग विश्वासघात गरेको खनालले आरोप लगाए ।

खनालले भने, ‘ओली अब कमरेड रहेनन् । कम्युनिष्ट बन्न निकै त्याग गर्नुपर्छ । अध्यक्षबाट उहिल्यै हटायौ । प्रतिगमनको मतियार बनेकोले पार्टीको साधारण सदस्यबाटै निष्काशन गरिसकेका छौं ।’

याे पनि पढ्नुस  नेकपाको सरकारले सीमाको सुरक्षा गर्छः खनाल

खनालले ओली पार्टीका भगौडा रहेको टिप्पणी गरे । उनले भने, ‘ओलीले संसद् विघटन गरेर अवैधानिक र प्रतिक्रान्तिकारी कदम चाले, त्यो कम्युनिस्ट आन्दोलनसँगको धोका हो ।’
सर्वाेच्चको सम्मान गरिने भन्दै खनालले सर्वाेच्चले संसद् पुनःस्थापना गर्नेमा विश्वस्त रहेको बताए । ‘नेपालका जनताले के भन्दैछन् भन्ने अदालतले सुनिरहेको छ । संविधान जोगाउन आन्दोलनबाहेक अरु विकल्प छैन’, खनालले भने ।

‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिँडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ ? यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने ।

याे पनि पढ्नुस  संविधानमाथि ओलीले विश्वासघात गरे : खनाल

ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो । केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

याे पनि पढ्नुस  समृद्धिका लागि युवा सिर्जनशीलताको प्रयोग गर्नुपर्छः खनाल

सम्बन्धित समाचारः

संसद् विघटनविरूद्व नेकपाको काठमाडौंमा शक्ति प्रदर्शन (फोटोफिचर)

ओलीको सेटिङले देश चल्दैन, घुँडा टेकाएर मात्र विश्राम लिन्छौंः घनश्याम भुसाल

कमेन्ट गर्नुहोस्