माधव नेपालको गर्जनः यो काष्टिङ मात्रै हो, फिल्म शुरु हुन बाँकी छ

काठमाडौं । नेकपा अध्यक्ष माधव नेपालले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन् ।

राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरे । शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताउँदै उनले भने, ‘तर यो कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ ।’

याे पनि पढ्नुस  ओली निकट नेताहरु भन्छन्– ‘साथ दिन बाध्य छौं, तर डुबिने भइयो'

केपी ओलीले गरेको अपराधको दण्ड पार्टीले दिएको बताउँदै अध्यक्ष नेपालले ओलीलाई अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए ।

ओलीलाई ब्यंग्य गर्दै नेपालले भने, ‘म त भर्खरै सुर्खेतबाट फर्केको छु । उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुनःस्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन ।’

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठक निर्णायक हुने संकेत, बहुमतले निर्णय हुने सम्भावना

सम्बन्धित समाचारः

केपी ओली भगौडा विश्वासघाती हुन्, पार्टीबाटै निष्काशन गरिसक्यौंः झलनाथ खनाल

ओलीको सेटिङले देश चल्दैन, घुँडा टेकाएर मात्र विश्राम लिन्छौंः घनश्याम भुसाल

संसद् विघटनविरूद्व नेकपाको काठमाडौंमा शक्ति प्रदर्शन (फोटोफिचर)

कमेन्ट गर्नुहोस्