केपी ओलीले शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेका छन्ः प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीले अहिलेसम्मका उपलब्धि नै उल्ट्याउन खोजेको आरोप लगाएका छन् ।

संसद् विघटनविरुद्ध आज काठमाडौंमा आयोजित विरोध सभामा प्रभण्डले भने, ‘ओलीले संसद् विघटन मात्रै गर्न खोजेका छैनन् । बरु उनले अहिलेसम्मका उपलब्धि नै उल््ट्याउन खोजेका छन् । केपीले शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेका छन् । उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई विघटन गर्न खोज्नेलाई जनताले छूट दिने छैन । आजको यो आन्दोलनमा उत्रेको जनसमर्थनले विकास, समृद्धि, लोकतन्त्र र न्यायपूर्ण समाजका लागि जनता उत्तिकै संघर्षरत छन् भन्ने देखाएका छन् ।’

याे पनि पढ्नुस  लिपुलेक सडकबारे नेकपाले जनायो गम्भीर आपत्ति (विज्ञप्तीसहित)

कमेन्ट गर्नुहोस्