ठगी कार्यमा संलग्न फरार अभियुक्त प्रकाउ

कैलालीः लामो समयदेखि ठगी कार्यमा संलग्न फरार १ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कैलालीको गौरीगंङ्गा नगरपालिका ८ बस्ने बर्ष ३४ को राजाराम चौधरी रहेका छन् ।

उनलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको बिशेष प्रहरी टोली ले लम्की चुहा नगरपालिका ९ को धनचैयामा भिनाजुको घरमा लुकि छिपी बसेको अबस्थामा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

उनले धनगढी उपमहानगरपालिका १ बस्ने अनिता चौधरीको भारत बैंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाण पत्रहरु त्रिभुबन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउन पैसा पठाई दिनु भनी ५ लाख ठगी गरी सम्पर्क बिहिन भएको जाहेरी दरखास्त आधारमा ठगी शिर्षकमा मुद्दा दर्ता गरी फरार रहेका चौधरी लाई प्रहरी ले प्रकाउ गर्न सफल भएको उनले बताए ।

उनले थप अनुसन्धानका लागी यस कार्यालयमा ल्याइएको छ भने सोही कार्यमा संलग्न कैलालीको कैलारी
गाउपालीका ९ बस्ने बर्ष ३३ को शिव कुमार चौधरीलाई पनि ५ गते पक्राउ गरी अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान भई रहेको पनि बिष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्