भिरबाट लडेर रोल्पामा दुई जनाको मृत्यु

रोल्पाः जिल्लाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर २ जनाको ज्यान गएको छ ।

३० वर्षीया महिला र २ वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि २ सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु

यस्तै रोल्पाकै गङ्गादेव गाउँपालिका ३ बडाढुंगाका ४९ वर्षीय महेशकुमार केसीको रुखले च्यापेर ज्यान गएको छ । बिहीवार घर नजिकै जङ्गलमा सल्लाको रुख काट्ने क्रममा मुढाले च्यापेर गम्भीर घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोनाका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु

कमेन्ट गर्नुहोस्