बागमतीबाट १० मेट्रिकटन फोहोर व्यवस्थापन

काठमाडौंः माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले बाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् ।

बाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । बिहान २ घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाले व्यवस्थापन गर्न गाडीमा राखेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ ।

याे पनि पढ्नुस  बागमती प्रदेशसभा बैठक चैत अन्तिम साता

सफाइमा आलोकनगरका अभियानकर्मीको पनि सक्रियता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, आलोकनगर, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा प्रत्येक हप्ताका शनिबार सफाइ गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्